“Small minds select narrow roads; expand your mental vision and take to the broad road of helpfulness, compassion and service.”-- Satya Sai Baba, “Hungry for love, He looks at you. Thirsty for kindness, He begs of you. Naked for loyalty, He hopes in you. Homeless for shelter in your heart, He asks of you. Will you be that one to Him?”-- Jesus, “Thousands of candles can be lighted from a single candle, and the life of the candle will not be shortened. Happiness never decreases by being shared.” –- Lord Budha, "Keep yourselves far from envy; because it eats up and takes away good actions, like a fire eats up and burns wood." –- Islamic Quotes.

Tuesday, 1 January 2013

कविशिरोमणि लेखनाथ पौड्याल


लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।

पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा आफूलाई पुर्‍याएका थिए ।

पौड्याल आफू पन्ध्र वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनि आबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी फेल भए । त्यसपछि उनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनी पण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे ।

पौड्याल पठनपाठनमा नभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिर लागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो । घटराज भट्टराईका अनुसार त्यसैताका “हलन्त बहिष्कार अभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछि पौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररी टेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए ।

राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमा बल्लबल्ल लागेको घाम पनि अस्तायो ।

शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनि शारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले । त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाको राणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालको प्रजातन्त्र आएपछि पौड्याललाई चाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौडयालले नेपाली काङ्ग्रेसको चारतारे विल्ला लगाएर आफूलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शन गरेका थिए ।

२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए ।
लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ”मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।”

कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नो शिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिक सङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले ।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवै मिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोक पुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदा त्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपाली भाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले ।

२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम । साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यस घटनाको खुशियालीमा पौड्याल रोएका थिए ।

पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तम कुँवरले लेखेका छन् “२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइन सारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।”

पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए । उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगत योगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो ।

महाकवि देवकोटाका जोडले पौडयाल नेपाल एकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाई नपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्‍याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए “ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनि सदस्यमा मनोनीत भए ।

पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनका मनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दा पहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।

पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाई गर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनको बिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्यालले भने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।”

राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफै भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो । तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”
पौडयालले दुई जनासँग बिहे गरे । उनका छोरा अनन्त पौडयाल नेपाल सरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवी भट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।

पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो । खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे ।

२०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे । तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने “अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु ।” त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्‍याइयो । उनको त्यो समाचार राजा महेन्द्रले सुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए ।

अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट् बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपाली साहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।